काकाको टाउकोमा खुकुरी प्रहार

फाइल फोटो

विराटनगर – खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा धारिलो हतियारको प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

प्रदेश प्रहरी एक कार्यालय विराटनगरका अनुसार मंगलबार राती ९ बजे सामान्य विवादका क्रममा दिनेश कट्वालले आफ्नै काका ४३ वर्षीय बालाराम कट्वालमाथि धारिलो हतियारले आक्रमण गरेका हुन्।

विज्ञापन

सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका दिनेशले बालारामको टाउकोमा खुकुरीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरी कार्यालयका अनुसार घाइते बालारामको उपचार हाल जिल्ला अस्पताल दिक्तेलमा भइरहेको छ।

त्यसैगरि प्रहरीले खुकुरी प्रहार गर्ने दिनेश कट्वाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्