पुरीका शंकराचार्यले लेखेको यो अदभूत किताब

वामपन्थी एवं पश्चिमी ज्ञानले भरिएका इतिहासकारले अथक प्रयास गरेर यो भ्रम छर्ने कार्य गर्दै आएका छन्, ‘हिन्दू कुनै धर्म होइन, धर्म त के यो कुनै मूल शब्द पनि होइन ।’
यो त पर्शियाका मानिसले सिन्धु शब्द उच्चारण गर्न नसकेर उत्पत्ति भएको अपभ्रंश मात्र हो । पर्शियनहरुले सिन्धु नदीका किनारामा बस्ने मानिसहरुलाइ हिन्दू भन्न थालेका हुन, किनकी उनीहरुको भाषा–व्याकरणमा ‘सशब्द नै छैन । यसको सट्टा त्यहा ह शब्द छ, उनीहरु स लाई ह उच्चारण गर्छन् ।
सिन्धु भन्ने क्रममा उनीहरुको मुखबाट हिन्दू उच्चारण भएर हिन्दू शब्दको उत्पत्ति भएको हो । धर्म संस्कृति इतिहाससँग गोरु बेचेको साइनोसम्म नभएका हाम्रा अनेक बुद्धिजीवी पनि कफी पिउदै यसबारे चर्चा गर्ने खुबै जाँगर देखाउँछन् ।
आफ्नो धर्म, भाषा, संस्कृति, परम्परा, संस्कार सबैबाट रहित र विमुख यी बुद्धिजीवीलाई के थाहा? संस्कृत ग्रन्थहरुमा हिन्दू शब्दको व्याख्या कसरी गरिएको छ ।
यस्ता बुद्धिजीवीको संस्कृत भाषाको आफ्नो ज्ञानशून्यता एवं विद्वान साधु–सन्त प्रतिको निरादर एवं अनास्थाले हिन्दू धर्मको महिमा के गरी थाहा पाउनु ? यिनलाई त गुरु पनि आधुनिक चाहिए छ, जुन टीभीमा दिनहुँ आएर यिनका सबै समस्या समाधान गरी दियोस् । जस्तो माग त्यस्तै आपूर्ति ।
शास्त्रका अनुसार हिन्दू शब्दको अर्थ हुन्छ –सौम्य, सुशोभित, शीलनिधि, दमशील र दुष्टदलनमा दक्ष।
पूरीका शंकराचार्य स्वामी श्री निश्चलानन्दजीले आफ्नो पुस्तकमा विभिन्न हिन्दू धर्म ग्रन्थबाट हिन्दू धर्मको महिमा बखान गरिएका अनेको श्लोक संकलित गरेका छन् ।
स्वामीजीद्वारा लिखित यस पुस्तकको नाम ‘सनातन धर्म प्रश्नोत्तर माला’ हो ।
यसै पुस्तकबाट साभार गरिएका केही श्लोक
हिमालय समारभ्य यावत इंदु सरोवरम्।
तं देवनिर्मितं देशम् हिन्दुस्थानं प्रचक्षते।।
वृहस्पति आगम
हिमालयदेखि इन्दु सरोवरसम्म अर्थात कन्याकुमारीसम्मको देवभूमिलाइ हिन्दुस्थान भनिन्छ।
हिंसया दूयते यश्च सदाचारतत्परः
वेदगोप्रतिमसेवी स हिन्दूमुख्शब्दभाक।
(वृद्धस्मृति)
हिंसाबाट दुखी हुने, सदाचारमा तत्पर, वेद, गोवंश र देव प्रतिमाप्रति आस्थवान हुन्छ हिन्दू ।
ओंकारमूलमंत्राढयः पुनर्जन्म दृढ आशयः।
गोभक्तो भारतगुरुरहिन्दु हिंसक दूषकः ।।
माधव् दिग्विजय
ओमकारलाई मूल मन्त्र मानने ,पुनर्जन्ममा विश्वास गर्ने,गाईलाइ पूज्य मानने, सत्पुरुष द्वारा प्रवर्तित पथको अनुगमन गर्ने तथा हिंसा लाई निंदनीय मानने नै हिन्दू हुने योग्य हो ।
सप्तसिंधुस्तथैव च।
सप्तहिंदुर्यावनी च ।
भविष्य पुराण
हिनस्ती तपसा पापान् दैहिकान दुष्टमांसान।
हेतभि शत्रुवर्गम् च स हिन्दुर्भिधीयते।।
पारिजातहरण नाटक
जसले आफ्नो तप साधना द्वारा दैहिक पाप तथा आफ्नो चित्तलाइ दूषित गर्ने कारण र दोष नष्ट गर्छ तथा आफ्ना शस्त्रबाट शत्रु संहार गर्छ , ऊ नै हिन्दू हुने अधिकारी हो ।
हीनं दूषयति इति हिन्दू ।
पृषोदारादित्वात् साधुजाति विशेषः।।
शब्दकल्पद्रुमकोश
हीनताबाट रहित साधूजन नै हिन्दू हो
स्वामीजीको उपर्युक्त पुस्तकमा यस्ता अनेको श्लोक संकलित रहेका छन्, जसले हिन्दूधर्म तथा शब्दको महिमा प्रकट गर्छन् । ‘कफी हाउस’ मा हिन्दू धर्मबारे चर्चा–परिचर्चा गर्न आधुनिक पुस्तालाइ माथिका श्लोक नै पर्याप्त छन्।
हिन्दू धर्म ग्रन्थ चिन्तन र मननको त्यस उच्च बिन्दुसम्म पुगेको छ जहाँसम्म पुग्न अन्य कसैलाइ सुलभता छैन । किनकी यी ग्रन्थ कुनै लाइब्रेरीमा बसेर विभिन्न पुस्तकबाट उद्धरण लिँदै लेखिएका सामाग्री होइनन्, यी त साधना र तपको गहिराईबाट प्रस्फुटित भएका अनुभूतिजन्य ज्योतिर्लिंग हुन् ।