फोटो फिचर

ईन्द्रजात्राको दोस्रो दिन परम्परागत रुपमा विशेष कुमारी पूजा

काठमाडौँ उपत्यकामा विशेष रुपमा मनाउने ईन्द्रजात्रा अन्तर्गत दोस्रो दिन बुधबार कुमारीको विशेष पूजा गरिएको छ । विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा मंगलबारदेखि सुरु भएको हो ।

बसन्तपुरमा बुधबार बिहान ५४ जना कुमारीको पूजा गरिएको हो । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्रा धुलिखेल र दोलखासहितका स्थानमा पनि मनाइन्छ ।

ईन्द्रजात्राका दिन राष्ट्रप्रमुखले हनुमानढोका गएर जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्ने परम्परा छ । ८ दिनसम्म मनाइने जात्राको अन्तिम दिन लिंगो ढालेपछि समाप्त भएको मानिन्छ । यो अवधिमा दिवंगत पितृको सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ तथा पूजाआज गर्ने परम्परा छ ।

ईन्द्रजात्राको दोस्रो दिन बुधबार कुमारीहरुको विशेष पूजा गरिएको हो । त्यसका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुमारी पूजाका लागि सिंगारिएका कुमारीहरुका विभिन्न भागभंगी तस्बिरमा समेटेका छन् ।

भदौ २५, २०७६ मा प्रकाशित