डेँगीका १५ लक्षण र रोकथामका १२ उपायहरु

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोप अहिले देशका विभिन्न ठाउँमा देखिएको छ। काठमाडौँ उपत्यकामा पनि डेंगीका बिरामीको संख्या बढ्दो छ। डेंगी संक्रमण भएको लामखुट्टेले आवाज ननिकाली दिउँसो टोक्ने गरेको छ। डेंगीको संक्रमण मानिसको शरीरमा भएपछि यसप्रकारका लक्षणहरु देखा पर्छन्।

यीमध्ये सबै लक्षण नदेखिए पनि केही लक्षण देखिए डेंगीको लक्षण हुनसक्ने भएकाले जाँच गर्नु उपयुक्त हुन्छ।

विज्ञापन

-ज्वरो आउने

-टाउको दुख्ने

-आँखाको पछिल्लो भाग दुख्ने

-मासुहरु कर्करी लुछ्ने

-ढाड दुख्ने

-जोर्नी दुख्ने

-छालामा रातो रातो दागहरु देखा पर्ने

-रक्तचाप कम हुने

गिजाबाट रगत बग्ने

-फोक्सो, पेटमा पानी जम्ने

-पेट दुख्ने

-बान्ता हुने

-नाक, आँखा, मुखबाट रक्तस्राव हुने

-उठ्न नसक्ने

-कलेजो सुन्निने

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उपयुक्त हुन्छ। त्यसैले डेंगीबाट बच्नको लागि यसप्रकारका उपायहरु अपनाउन सकिन्छ।

-डेंगीको लामखुट्टे सफा पानीमा हुर्कने भएकोले घरभित्र वा बाहिर पानी जमाएर नराख्ने। पानीमा हावा नछिर्ने गरी बिर्को लगाउने वा टम्म छोपेर राख्ने। 

– जम्मा गरिएको पानी कम्तीमा २ दिनभित्र प्रयोग गरिसक्ने। 

-भाँडाकुडा घोप्टाएर राख्ने।

-गमलामुनिको प्लेटमा पानी नराख्ने।

-बरण्डा वा छतमा पानी जमेको भए बडारेर फ्याँक्ने।

-बाथरुम, कमोड, प्यानमा बराबर फ्लस गर्ने।

-झ्याल ढोकामा जाली लगाउने।

-दिउँसो सुत्दा झुल टाँगेर सुत्ने।

-बारीमा काम गर्न जाँदा पुरा बाहुला भएको कपडा लगाउने र लामखुट्टेले नटोक्ने मल्हम लगाउने।

-एसी तथा कुलरहरु सफा गरिरहने।

-झाडी तथा घाँसपात सफा गर्ने।

घरवरिपरि टायर नराख्ने/व्यवस्थापन गर्ने। 

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्