लागुऔषधसहित सिरहाबाट एकजना पक्राउ

जनकपुरधाम– सिरहामा लागुऔषध नाईट्रोभेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ का १८ वर्षीय राकेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

विज्ञापन

मंगलवार साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय बरीयारपट्टी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा बरीयारपट्टी गाउँपालिका वडा नं. ३ बाट ७५ ट्याबलेटसहित यादवलाई पक्राउ गरेको बोहराले जानकारी दिए।

पक्राउ परेका यादवलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्