पूर्व राजदुत झा हत्या प्रकरणमा समातिएका घरेलु कामदार कारागार चलान

केशव झा

काठमाडौं : एक वर्षअघि भएको पूर्व राजदुत केशव झाको हत्यामा पून पक्राउ गरिएका सानुकान्छा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक  बहसपछि न्यायाधीशको आदेशले तामाङ कारागार चलान भएका हुन्।

तामाङ, झाको घरेलु कामदार हुन्। गत वर्ष भएको यो घटनामा प्रहरीले तामाङलाई अनुसन्धानका लागि लिएर पछि छाडेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तत्कालै तामाङलाई छाडेपनि उनीमाथीको निगरानी भने लगातार राखेको थियो। पछिल्लोपटक महाशाखाले जुटाएको प्रमाणका आधारमा काठमाडौं प्रहरी परिसरले तामाङलाई पक्राउ गरि पुन अनुसन्धान सुरु गरेको थियो।

विज्ञापन

अनुसन्धानका क्रममा ठोस प्रमाण नभेटिएपछि प्रहरीले कर्तव्य ज्यानमा मुद्धा चलाउन सकेको थिएन। सार्वजनिक अपराधमा म्याद थपेर अनुसन्धान गरिएका सानुकान्छाको भूमिका झाको हत्यामा तत्काल प्राप्त प्रमाणले नदेखिएको भन्दै उनलाई केही समय हिरासतमा राखेर छाडिएको थियो। सानुकान्छाले त्यतिबेला हिरासतमा आफुलाई यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए।

गत वर्षको भदौ ४ गते झाको बबरमहलस्थित घरमा हत्या भएको थियो। सानुकान्छा काभ्रेको पनौती निवासी हुन्। तर घटनाको एक वर्षपछि झा पत्नीले तामाङविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्