बिरामी वामदेव सचिवालय बैठकमा जान सकेनन्

काठमाडौँ– बिरामी परेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमको राजनीतिक सक्रियता एकाएक घटेको छ।

ज्वरो आउने, टाउको दुख्ने र रुघा खोकी लाग्ने जस्ता समस्याबाट ग्रसित बनेपछि महत्वपूर्ण मानिएको पार्टी सचिवालयको बैठकमा बुधबार सामेल हुन नसकेका गौतमको अन्य राजनीतिक भेटघाट र कार्यक्रमहरुमा उपस्थिति शून्यप्रायः भएको छ।

विज्ञापन

गौतम निकट एक नेताका अनुसार सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनले डेँगीका आशंकामा रगत लगायतको परीक्षण गराएका थिए।

अस्पतालका चिकित्सकले रिपोर्टमा डेंगी पुष्टि नभए पनि मौसमी रुघाखोकीले उनलाई ग्रस्त पारेकाले घरमै आराम गरेर औषधि सेवन गर्न सुझाएका छन्।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्