विजुली नपाएपछि स्थानीयद्वारा पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

धनगढी-लगानी गरेको ८ बर्ष सम्म पनि गाउँमा विजुली नपुगेपछि कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ग्रमिण विद्युत सहकारी संस्थाले ८ बर्ष अगाडी कैलालीका तीन वटा स्थानीय तहका वडाबाट पैशा संकलन गरी गाउँमा विद्युत उपलब्ध गराउने आस्वासन दिएको थियो।

विज्ञापन

कैलालीको घोडाघोडी नगरपालिकाका ४, कैलारी गाउँपालिकाका एक र गौरिगंगा नगरपालिकाको एउटा वडामा विजुली बालने भन्दै घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले ८ बर्ष अगाडी स्थानीबाट पैशा असुली गरेको थियो । त्यस यता सहकारीले आज भोली भन्दै स्थानीय लाई ठग्दै आएको थियो । ८ बर्ष सम्म पनि गाउँमा विजुली नपुगेपछि बुधबार घोडाघोडी–४ र ५ नम्बर वडाका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्दै तत्काल विजुली उपलब्ध गराउन माग गरेका हुन्।

ग्राकिण विद्युत सहकारी संस्थाले विजुली बल्ने सपना देखाउँदै २०६८ र २०६९ सालमा घोडाघोडी विद्युत सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो। तर अहिले सम्म विद्युतीकरणको कार्य समेत सकिएको छैन्।

विद्युतीकरणमा भएको ढिलाईका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका वासिन्दाहरु अझै अन्धकारमा छन्। २०६९ सालमा प्रति परिवार एक हजार पाँच सय रुपैयाँका दरले रकम उठाइएको थियो।

‘विद्युतीकरणका लागि पनि ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ तर काम पूर्ण भएको छैन्’ घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले भने-‘हाम्रो नगरको आधा क्षेत्र अझै पनि अन्धकार छ, सहकारीलाई छिटो काम सक्न पटक–पटक ताकेता गर्दा पनि काम गरेको छैन।’ यस विषमा सहकारीका पदाधिकारीलाई सम्पर्क गर्न खोज्दा कुनै पनि व्यक्ति सम्पर्कमा आउन सकेका छैनन्।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्