चितवन मेडिकल कलेजमा डेंगीको नि:शुल्क परीक्षण

सांकेतिक तस्बिर

चितवन– देशभर तीब्र गतिमा फैलिरहेकाे डेंगीको परीक्षण चितवन मेडिकल कलेजले निःशुल्क गर्ने भएको छ।

भरतपुर महानगरपालिका र चितवन प्रशासनको अनुरोधमा चितवन मेडिकल कलेजले बिहीबारदेखि नि:शुल्क रुपमा डेंगी परीक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी गराए।

विज्ञापन

कलेजको समाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारका व्यक्तिहरुका लागि सरकारको डेंगी नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन एक हजार जनाको निःशुल्क डेंगीकाे परीक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।

‘हामीले मेडिकल सिटी चितवनमा बिगतदेखि नै हाम्रो सामाजिक अभियान अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छौँ’, उनले भने, ‘अहिले देशैभर डेंगीको प्रकोप छ, यही अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान थालेको हौँ।’

कलेजका प्रमुख कार्यकारी अधिकृत देवकोटाका अनुसार बिहीबार बिहान ८ बजेदेखि एक औपचारिक कार्यक्रमका गरी डेंगी परीक्षण निःशुल्क गरिने छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्