बाँकेमा चट्याङले पाँच गाई मरे

सांकेतिक तस्बिर

बाँके– बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट पाँच वटा गाई मरेका छन्।

बुधबार वर्षातसँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाई मरेको जानकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए।

उनका अनुसार, गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा बुधबार मृतावस्थामा फेला परेका थिए। चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन।

मरेका गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्