अवैधानिक गतिविधि रोक्न अध्यक्ष बस्‍नेतको महासचिव शाहीलाई चेतावनी

काठमाडौं-नेपाली कांग्रेसको भातृ संगठन तरुणका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले महासचिव भुपेन्द्र जंग शाहीलाई अवैधानिक गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन् । आज विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले शाहीलाई आम तरुणहरुमा भ्रम फैलाउन तत्काल बन्द गरी दलको विधानको परिधिमा रहन सचेत समेत गराएका छन् ।

महासचिव शाहीले हिजो नेपाल तरुण दल सप्तरीको अध्यक्षमा सिताप्रसाद यादवलाई जिम्वेवारी दिएको र सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका तत्कालिन उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा गरेको पत्र सार्वजनिक गरेका थिए।

विज्ञापन

दलको सिन्धुपाल्चोक जिल्ला कार्य समितिको विरुद्ध लागि समानान्तर समितिको संयोजत्व गरेको आरोपमा दलको जिल्ला कार्यसमितिका तत्कालिन उपाध्यक्ष सगुन श्रेष्ठलाई केन्द्रीय अध्यक्ष बस्नेतले दलबाट निस्कासनको कारवाही गरेको थिए।

तरुण दलको सप्तरी जिला कार्यसमिति भने रिक्त रहेको थियो। महासचिव शाहीले हिजो गरेका गतिविधिहरु दलको आधिकारिक लाईन विरुद्ध भएको एक तरुण नेताले बताए।

उनले भने, “नेपाली कांग्रेसले देशव्यापि गरिरहेको जागरणमा सहयोग गर्नुको साटो सो अभियानको समेत शाहीले विरोध गरेका छन् । यो उहाँको पार्टीप्रतिकै अशिष्ठ व्यवहार हो ।”

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्