ब्लुबुक नविकरणमा लागेको शतप्रतिशत जरिवाना हट्यो

काठमाडौँ – प्रदेश नम्बर ३ सरकारले सवारी साधानको ब्लुबुक नविकरणमा लगाएको शतप्रतिशत जरिवाना हटाएको छ।

प्रदेशसभाले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिमाना घटाएको हो। सरकारले जरिमानालाई घटाएर यसअघिकै ३२ प्रतिशतमात्र बनाएको छ।

विज्ञापन

आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिमाना लाग्ने ऐन संशोधन भएको हो।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख छ।

त्योभन्दा बढी मिति नाघेपछि पहिलो ३० दिनका लागि पाँच प्रतिशत जरिमाना लिइन्छ भने त्यसपछिको ४५ दिनसम्म १० प्रतिशत र त्यसपछि आर्थिक वर्षको अन्तसम्मलाई २० प्रतिशत जरिमाना लिने व्यवस्था छ जुन पुरानै व्यवस्थाअनुसार हो।

५ वर्षसम्म प्रत्येक आर्थिक वर्षको लागि सवारीसाधन कर रकमको ३२ प्रतिशतको दरले जरिमाना तिर्नुपर्ने छ। यसअघि ५ वर्षसम्म सवारीसाधन कर रकम नतिर्दा शत प्रतिशतको दरले जरिमाना तिर्नुपर्ने व्यवस्था थियो।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्