अस्पतालमा गोली चलाउने बार्सिलोनाका खेलाडीलाई जेल सजाय

अस्पतालमा गोली चलाएका बार्सिलोनाका मिडफिल्डर आर्ड तुरनलाई जेल सजायको फैसला भएको छ । उनले गएको वर्ष एक गायकसँगको झगडापछि अस्पतालमा गोली चलाएका थिए ।

लोनमा टर्किस क्लब स्थानबुलमा रहेका उनले गएको वर्ष पप गायक बर्केयी जाहेन विवाद गरेका थिए । सो विवादले झडपको रुप लिएपछि उनले गायक जाहेनको नाक भाँचिदिएका थिए । ३२ वर्षका आर्ड फेरि अस्पतालमा गएर भूईँमा गोली चलाए ।

विज्ञापन

उनलाई अदालतले अवैध रुपमा गोली चलाएको, मानिसलाई आतंकित बनाएको तथा नियतबस घाइते बनाएको आरोपमा अदालतले जेल सजाय सुनाएको हो । उनीमाथि अदालतले दुई वर्ष ८ महिनाको जेल सजाय तोकेको छ । तर अबको पाँच वर्षभित्र अरु कुनै अपराध नगरेमा उनले जेल बस्नु पर्ने छैन ।

आर्डलाई घटनाका लागि क्लबले २५ लाख टर्किस लिना जरिवाना तिराएको थियो।

घटना गएको अक्टोबरको हो । उनले गायकी श्रीमतीमाथि टिप्पणी गरेका थिए, त्यसपछि विवाद भएको हो । आर्डले गायकको नाकमा हिर्काएपछि घाइते भएका जाहेनलाई अस्पताल लगिएको थियो ।

आर्ड बन्दुक लिएर अस्पतालमै पुगे । त्यसपछि जमिनमा गोली हानेका हुन् । उनी माफी माग्नका लागि बन्दुक लिएर अस्पताल गएको बताइन्छ । आर्डले बुधबार इन्स्टाग्राममा आफ्नो गल्तीका लागि माफी मागेका छन् ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्