सादेझ्दा कप फुटबल: उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौँ – किर्गीस्तानमा जारी सादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (बिहीबार) नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाइनल पुगेको हो । मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो।

विज्ञापन

नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

समूह चरणमा उज्वेकिस्तानसँग व्यहोरेको हारको बदला फाइनलमा लिने अवसर नेपालसँग छ ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू