भारत र चीनका सैनिकबीच लद्दाखमा झडप

प्रतिकात्मक तस्बीर

भारत र चीनका सैनिकबीच सीमा क्षेत्र लद्दाखमा झपड भएको छ । भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हो ।

भारतीय सैनिक गस्तीमा गएका बेला झडप भएको समाचारहरुमा उल्लेख छ । दुई देशका सेनाबीच बिहानै सुरू भएको झडप बुधबार साँझसम्म चलेको थियो।

विज्ञापन

साँझ दुई पक्षका अधिकारीहरूबीच कुराकानी भएपछि विवाद सल्टिएर अवस्था सामान्य भएको बताइएको छ ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्