नवलपरासीको दाउन्नेमा यात्रु बसमा आगजनी

बुटवल– पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोलामा बिहान ५ बजे आगजनी भएको हो।

विज्ञापन

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले गाडीलाई साइड लगाएर बाटो अवरोध नहुने गरी आगजनी भएको बताए।

‘गाडीलाई साइड लगाएर आगजनी भएको छ’ शाहले भने, ‘बाटो अवरोध छैन। यात्रु सकुशल छन्। कसले के कारणले गाडीमा आगजनी गर्‍याे खुल्न सकेन। हामी अनुसन्धान गर्दैछौँ।’ घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको शाहले बताए।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्