गढीमाई मन्दिर विकास समितिको नेतृत्वको लागि मतदान जारी

पर्सा- ऐतिहासिक बाराको गढीमाई मन्दिर सञ्‍चालन तथा विकास समितिको नेतृत्वको लागि विहीबार निर्वाचन भइरहेको छ।

महागढीमाई नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिर विकास समितिको लागि विहीबार बिहान ८ बजेदेखि शुरु भएको हो।

विज्ञापन

मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्ने निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए।

मन्दिर सञ्चालन विकास समितीको नेतृत्वका लागी प्रमुख राजनीतिक दलले नै आ-आफ्ना पार्टी समर्थकहरुको प्यानल बनाएर चुनावमा उत्रिएका छन्।

नपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो तर्फबाट जितेन्द्र गुप्तालाई समितिको अध्यक्ष पदमा चुनावमा उतारेको छ।यस्तै नेपाली कांग्रेसले मोतीलाल कुश्वाहालाई अध्यक्ष रुपमा अगाडि सारेको छ।

मधेशवादी दलको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल राजपाको तर्फबाट रामचन्द्र साह आफ्नो नेतृत्वमा प्यानल बनाई उम्मेदवारी दर्ता गराउनु भएको छ। साह यसअघि १५ वर्षदेखि मन्लि सञ्‍चालन तथा विकास समितिको अध्यक्ष बन्दै आएका थिए।

कुल ८ हजार ३ सय ४९ जना सदस्यले समितिको नेतृत्व चयनका लागि गर्न मतदान गर्दै छन्।

अगामी ५ वर्षको लागि जारी चुनावले अध्यक्ष निर्वाचित गर्नेछ।राजनितिक चुनाव जस्तै बारामा चुनावमा होमिएका दल तथा उम्मेदवारले जाडतोडका साथ प्रचार प्रसार समेत गर्दै आएका थिए।

उनीहरुले मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न विभिन्‍न किसिमका आश्वासन एवम प्रतिवद्धता समेत जनाउदै आएका थिए।

बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक ५ बर्षको अन्तरालमा मेलम लागने गरेको छ।यसपाली आउने मंसिरमा मन्दिरमा मेला लाग्दै छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्