कृषि क्षेत्रको प्रवर्द्धन र सम्भावित लगानीमा जोड दिन सरोकारवालाको आग्रह

मोरङ-नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहराले भौगोलिक संरचना तथा हावापानीको विविधतालाई ध्यानमा राख्दै कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन्।

बुधबार उदयपुरको गाइघाटस्थित त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित कृषि क्षेत्रको प्रवर्द्धन र सम्भावित लगानीको विषयमा कार्यक्रममा बोहराले गरिबी न्यूनीकरण र आर्थिक विकासका लागि कृषिलाई प्रतिस्पर्धी क्षेत्रका रुपमा अघि बढाउनुपर्ने बताए।

विज्ञापन

कृषिबाट आर्थिक विकास सम्भव भएको बताएका बोहराले कृषि वस्तुको आयात प्रतिस्थापन र उच्च मुल्यका कृषि उपजको निर्यातबाट बढ्दो ब्यापार घाटा न्यूनीकरण गर्न सकिने स्पस्ट पारेका थिए।

सार्क चेम्बर अफ कमर्श एण्ड इण्डिष्ट्रिजका सदस्य समेत रहेका बोहराले कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि गोदाम, मण्डी, शीतभण्डार, निर्यात गृहको ब्यवस्था, किसानको परिश्रमको सुनिश्चितता, कृषि बीमा ब्यवस्था लगायतका मुद्धामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकको तर्फबाट अर्थशास्त्री डा.अर्जुनकुमार बरालले प्रदेश एकमा कृषि क्षेत्रको प्रवद्र्धन र लगानीको अवसरका विषयमा कार्यपत्र पेश गरेका थिए।

कार्यक्रममा उपस्थिती सरोकारवालाहरुले कृषकले पाउने उचित मुल्य, कृषिलाई मुनाफामुलक दिगो ब्यवसायको रुपमा विकास गर्नुपर्ने, बजारीकरणमा ब्यवस्था लगायतमा ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य महासंघ, उदयपुर उद्योग वाणिज्य संघ, वेल्टार बसाहा उद्योग वाणिज्य संघ, बेलका उद्योग वाणिज्य संघ, उदयपुर गढी उद्योग वाणिज्य संघ, रौता उद्योग वाणिज्य संघका पदाधिकारी, कृषिक्षेत्रका ब्यक्तित्वहरुका उपस्थिती रहेको थियो।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू