यस्ता छन् गाँजा खपत गर्ने संसारका प्रमुख दश शहर

शहर खपत (टन)
- १) न्यूर्योक ७७.४
- २) कराँची ४२
- ३) दिल्ली ३८.२
- ४) लस एन्जेल्स ३६
- ५) कायरो ३२.६
- ६) मुम्बइ ३२.४
- ७) लण्डन ३१.४
- ८) शिकागो २४.५
- ९) मस्को २२.९
- १०) टोरन्टो २२.७
काठमाडौं- जर्मनको कम्पनी एबीसीडीले गाँजा खपतका सम्बन्धमा उउटा अध्ययन तयार पारेको छ।
कम्पनीका अनुसार अमेरिकाको न्युयोर्क शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडि देखिएको छ।
दोस्रोमा भने पाकिस्तानको कराँची तथा तेस्रोमा दिल्ली रहेको छ।
जर्मन कम्पनी एबीसीडीले गाँजा खपत सम्बन्धी हरेक किसिमको सर्वे गर्ने गर्छ। कम्पनीले सन् २०१८ मा भएको गाँजा खपत सम्बन्धी रिपोर्टको अध्ययन पछि सार्वजनिक गरेको हो।अध्ययनका लागि कम्पनीले लस एन्जेल्स, कायरो लण्डन, शिकागो, मस्को तथा टोरंटोलाई पनि समावेश गरेको थियो।
छिमेकी मुलुक भारतको शहरले गाँजा खपतमा मुम्बइलाई उछिनेको छ। दिल्ली तेस्रो स्थानमा छ भने मुम्बई छैठौं स्थानमा छ । नेपालको काठमाडौं गाँजा खपतका प्रमुख १० शहरमा अटाएको देखिएन।
अध्ययनका लागि जर्मन कंपनी एबीसीडीले संसारका १२० शहरको सर्भे गरेको बताइएको छ।पहिलो नम्बरमा रहेको न्यूर्योकले ७७.४ टन गाँजा खपत गरेको अध्ययनले देखाएको छ।
दोस्रोमा रहेको कराँचीले भने ४२ टन खपत गरेको देखिएको छ भने तेस्रो स्थानमा रहेको दिल्लीले भने केवल ३८.२ टन खपत गरेको छ । मुम्बइले भने ३२.४ टन गाँजा खपत गरेको उल्लेख छ।
दिल्लीमा एक ग्राम गाँजाको मूल्य ४८० रुपैयाँ रहेको छ। मुम्बइमा भने ५१२ रुपैयाँ । दिल्ली तथा मुम्बइमा अन्य देशको तुलनामा गाँजा सस्तो देखिएको छ । सबैभन्दा महंगो गाँजा भने टोकियोको रहेको छ। जहाँ एक ग्राम गाँजाको ३७५५ रुपैयाँ पर्छ।
अमेरिकाले वैध घोषण गरेको गाँजामा उसले लगाएको जति मात्र कर भारतले लगाउने हो भने ११६० करोड रुपैयाँ दिल्लीबाट राजस्व उठाउने देखिन्छ । उसले मुम्बइमा भने ३१८ करोड उठाउने देखिन्छ।
गाँजा खपत गर्ने प्रमुख १० शहर
शहर खपत (टन)
१) न्यूर्योक ७७.४
२) कराँची ४२
३) दिल्ली ३८.२
४) लस एन्जेल्स ३६
५) कायरो ३२.६
६) मुम्बइ ३२.४
७) लण्डन ३१.४
८) शिकागो २४.५
९) मस्को २२.९
१०) टोरन्टो २२.७