अदालतका ‘ड्राइभर’को बार्गेनिङ-१ लाख १० हजार दिनुस् मुद्दा मिलाई दिन्छु

काठमाडौं-जिल्ला अदालत सिराहाका हलुका सवारी चालक (करार) बृज मोहन यादव एक लाख १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादबलाई घुस लिँदालिँदै पक्राउ गरेको हो।

विज्ञापन

सिराहा जिल्ला अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु यादवले सेवाग्राहीसँग पैसा लिएको अख्तियारको दावी छ।

सिराहा नगरपालिका–७ हस्पिटल चोकस्थित खडग होटलबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्