पुरा भएन महिला फुटबल टोलीको च्याम्पियन बन्ने सपना, उज्वेकिस्तासनँग ३-२ गोलले पराजित

काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने नेपालको सपना अपुरै बनेको छ।

कीर्गिस्तानमा जारी नादेज्दा कप फुटबलको फाइनलमा  उज्वेकिस्तानसँग ३-२ गोलले पराजित भएपछि नेपालको सपना अधुरै बन्यो। खेलमा ३-० गोलले पछाडि परेको नेपालले पछि दुई गोल फर्काएको थियो। दुवै गोल सावित्रा भन्डारीले गरिन्।

विज्ञापन

चार टोली सहभागी प्रतियोगितामा पहिलो चरण राउन्ड रोबिन आधारमा सम्पन्न भएपछि शीर्ष दुई टोली फाइनल पुगेका हुन्।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू