किर्गिस्तानमा नेपालकी साम्बा बनिन सर्वाधिक गोलकर्ता

काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने नेपालको सपना अपुरै बनेको छ।

कीर्गिस्तानमा जारी नादेज्दा कप फुटबलको फाइनलमा  उज्वेकिस्तानसँग ३-२ गोलले पराजित भएपछि नेपालको सपना अधुरै बन्यो। खेलमा ३-० गोलले पछाडि परेको नेपालले पछि दुई गोल फर्काएको थियो। दुवै गोल सावित्रा भन्डारी ‘साम्बा’ले गरिन्।

प्रतियोगितामा सावित्राले ७ गोल गरिन्। उनले सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितिन्।

चार टोली सहभागी प्रतियोगितामा पहिलो चरण राउन्ड रोबिन आधारमा सम्पन्न भएपछि शीर्ष दुई टोली फाइनल पुगेका हुन्।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्