कांग्रेसको जागरण कार्यक्रममा नेकपाको आक्रमण, दर्जनौ कार्यकर्ता घाइते

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको जागरण अभियानमा नेकपाका कार्यकर्ताले नियोजित रुपमा आक्रमण गर्दा दजनौं कार्यकर्ता घाइते भएको दाबी गरेको छ।

दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरामा भइरहेको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा आफ्ना कार्यकर्ता घाइते भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विज्ञापन

वीपी कोइरालाको १०६औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि कांग्रेसले जागरण अभियान सुरु गरेको छ। बाँकेको प्रतिनिधिसभा निर्वाचन– ३ को प्रदेश सभा– ‘ख’ को खजुरा गाउँपालिका– २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेकपाका कार्यकताले आक्रण्मा गरेको कांग्रेसको दाबी छ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिको छ, ‘वडा न १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले

कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ, कांग्रेसले भनेको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्