कोशी अञ्चल ईँटा उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा साह

विराटनगर– ईँटा उद्योगी महेन्द्रप्रसाद साह कोशी अञ्चल ईँटा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा निर्वाचित भएकाछन्।

बिहीबार विराटनगरमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले साहलाई पुनः अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो।

विज्ञापन

समितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुइँटेल र कोषाध्यक्षमा लक्ष्मण राई छन्।

समितिका सदस्यहरूमा मुरारी रेग्मी, शिवकुमार लिम्बू, रमेशकुमार भगत, रामभजन मेहता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्नाकुमार झा र लीलाराज पराजुली छन्। उनीहरू सबै सर्वसम्मत निर्वाचित भएका हुन्।

कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघमा ३३ व्यवसायीहरु आवद्ध छन्। दुइदिने संघको साधारणसभा बुधबार विराटनगरमा सुरु भएको थियो।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्