वन मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– वन मुद्दामा अदालतबाट सजाय पाई १५ वर्षदेखि  फरार रहँदै आएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २८ वर्षीय छेदु चौरसियालाई पक्राउ गरेको हो।

विज्ञापन

चौरसियालाई जिल्ला अदालत बाराले २०६१ साल चैत्र १६ गते वन मुद्दामा एक वर्ष कैद ठहर गरेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए।

चौरसियालाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौरसियालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्