स्राेत नखुलेको ४० लाख रुपैयाँसहित दुई जना पक्राउ

बुटवल– रुपन्देही प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा थाना नौतनवा, ग्राम लौटन, भारतका २४ वर्षीया रितेशकुमार मधेसिया र सोही ठाउँकै २४ वर्षिया निरजकुमार अग्रहरी रहेका छन्।

विज्ञापन

जिप्रकाका अनुसार बिहीबार दिउँसो ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ वाईपासस्थित सडकमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको भारतीय युपी ५६ वाइ ७०४९ नम्बरको मोटर साईकलमा उनीहरु सवार रहेका थिए।

सोही मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटर साईकल चालकले पछाडि बोकेको झोला खानतलासी गर्दा श्रोत नखुलेको अवैद्य रकम (हुण्डी) बरामद भएको प्रहरीले जनाएको छ।

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय रुपैयाँ र विभिन्न दरका भारतीय नोटहरु १ लाख ६४ हजार भारतीय रुपैयाँ गरी ४० लाख ५७ हजार एक सय रुपैया बरामद भएको छ।

उनीहरुसँगबाट विभिन्न बैंकका चेकसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाइएको छ।

विभिन्न बैंकका विभिन्न व्यक्तिका नाममा विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपैयाँ बराबरको १० थान चेक , बिभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू