‘अक्टोपस’ बिक्रीमा, मूल्य ३ सय २५ करोड डलर

एजेन्सी– याे फोटो ‘सुपरयाट अक्टोपस’ को हो। सानो समुद्री जहाज भन्न सकिन्छ यसलाई। यसभित्र स्वीमिङ पुल, हटटब, स्पा, बार र जिम लगायतका थुप्रै अन्य सुविधा रहेका छन्। यसलाई विश्वको सबैभन्दा ठूलो ‘सुपरयाट’को दर्जा प्राप्त छ।

अक्टोपस १२६ मीटर लामो छ।अमेरिकी जलसेनाको युद्धक जहाजजस्तै बनाइएको यस याटमा ६३ क्रू मेम्बरका साथै २६ जना व्यक्तिले यात्रा गर्न सक्छन्।

विज्ञापन

याटभित्र मोजमस्तीका सारा प्रबन्ध रहेका छन्। अहिले अक्टोपस बिक्रीमा राखिएको छ। यसको मूल्य ३ सय २५ करोड डलर अर्थात नेपालीमा झण्डै ३ हजार ७ सय करोड रहेको छ।

२००३ मा निर्मित यस याटमा रेकर्डिङ स्टूडियोका साथै एउटा सिनेमा हल पनि छ। अक्टोपसमा अन्डरवाटर अब्जरभेसन लाउन्ज, इलिभेटर र बास्केट बल कोर्टको पनि सुविधा छ।

यसभित्र एउटा हेलिकप्टर र सबमैरीन पनि राख्न सकिन्छ। याटको अधिकतम गति ३५ किमी प्रतिघण्टा रहेको छ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक मध्येका एक स्वर्गीय पल एलन यस याटका मालिक रहेका थिए। अहिले अक्टोपस याटको बिक्रीका लागि २ वटा कम्पनी नियुक्त गरिएका छन्, ती हुन फ्रेजर र बर्गेस।

२०१८ मा पल एलनको मृत्युपश्चात उनका कैयन महत्वपूर्ण वस्तु बिक्रीमा राखिएका छन्। यस सूचिमा एलनले सन् २००१ मा स्थापना गरेको ऐरोस्पेस कम्पनी ‘स्ट्रटोलान्च’ द्वारा निर्मित संसार कै सबैभन्दा ठूलो विमान पनि रहेको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्