जगत्गुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान

मोरङ-जगत्गुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई विराटनगरमा सम्मान गरिएको छ।

विहीबार विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा श्री बैष्णव आचार्य परिषदसाथै प्रदेश एकका विभिन्न स्थानका पिठाधीस सम्मिलित आचार्यहरुले जगत्गुरु रामाकृष्णाचार्यलाई सम्मान गरेका हुन्।

विज्ञापन

चतराधाममा रहदैं धार्मिक तथा आयुर्बेदका ज्ञाता समेत रहेका श्रीराम कृष्णाचार्यलाई धार्मिक उत्थान र सेवाभावको काम गरेको भन्दै सम्मान गरिएको हो।

श्री १००८ केशव आचार्य स्वामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लक्ष्मीनारायण मन्दिर पान्चालीका पिठाधीस अच्युत प्रपन्चाचार्य, लक्ष्मीनारायण मन्दिर पिपलचोकका सल्लाहकार रामानुज नेपाल, माइधार भागवत आचार्य स्वामी, गोविन्द आचार्य स्वामी लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी पान्चाली मन्दिरमा प्रदेश एकस्तरिय बराह क्षेत्रीय आचार्य परिषदको तीन दिने विचार गोष्ठी सुरु भएको छ।

कृष्णदासजी महाराज केही समयअघि जगत्गुरुबाट विभूषित भएका हुन्।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्