महारानीसँग झुट बोलेको आरोप बेलायती प्रधानमन्त्री जोन्सनद्वारा अस्वीकार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमाथि संसद पाँच हप्ताका लागि निलम्बित गर्नेबारे सुझाव दिने क्रममा महारानी एलिजाबेथ द्वितियसँग झुट बोलेको आरोप लागेको छ । तर प्रधानमन्त्री जोन्सनले आफूले महारानीसँग कुनै किसिमको झट नबोलेको बताएका छन् ।

स्कटल्याण्डको उच्च अदालतले बुधबार संसद निलम्बन गैरकानूनी रहेको फैसला सुनाएपछि प्रधानमन्त्री जोन्सनको भनाई आएको हो ।

जोन्सनले संसद निलम्बन गर्नुको कारणबारे महारानीलाई झुट बोलेको आरोप छ । अदालतले महारानीलाई संसद निलम्बन गर्नुको कारणबारे झुट बोले नबोलेकोबारे स्पष्ट पार्न भनेको छ ।

प्रधानमन्त्री जोन्सनले आफूले संसद निलम्बित गर्नुको कारणबारे झुट नबोलेको बताएका छन् । उनले भनेका छन्, ‘इंग्ल्याण्डको उच्च अदालत हामीसँग सहमत छ र सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ ।’

मंगलबारदेखि पाँच हप्ते निलम्बन सुरु भएको हो । आउँदो अक्टोबर १४ पछि मात्रै संसदको पुनः सुरु हुनेछ।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्