सन्नीले भनिन्, ‘गीतको शब्द याद गर्न लाखौँपल्ट सुनेँ’

काठमाडौँ – ‘पासवर्ड’ चलचित्रको प्रिमियरको लागि बलिउड स्टार सन्नी लियोन नेपाल आएकी छन्। शुक्रबार साँझ कुमारी हलमा भएको प्रिमियरमा आएकी सन्नीले नेपाली चलचित्रको गीतमा नाँच्दाको अनुभव सुनाइन् ।

‘मलाई गीत एकदमै मन परेको छ, भाषा त म बुझ्दिन तर मैले यो गीत लाखौँपल्ट सुनेर स्मरण गरेँ।’ चलचित्र पासवर्डको आइटम गीत ‘सन्नी मेरो नाम’ मा उनी नाँचेकी छन् । यो चलचित्र शुक्रबारदेखि देशभर प्रर्दशन भएको छ। सन्नीले यो चलचित्र १५ मिनेट हलमा बसेर हेरिन् र निश्किइन्।

प्रिमियरमा सबैलाई सम्बोधन गर्दै सन्नीले भनिन्, ‘नेपाल मलाई विश्वमै असाध्यै मन पर्ने देश हो, यहाँ म आउन पाउँदा खुशी छु। यो सुन्दर समय यहाँ बिताउन पाउँदा एकदमै उत्साहित छु।’ उनले चलचित्रका निर्देशकलाई धन्यवाद दिइन् र चलचित्र सफलताको शुभकामना दिइन्।

चलचित्रको प्रिमियरको लागि नेपाल आएकी सन्नी शनिबार भारत फर्कने कार्यक्रम रहेको छ।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्