कर्णाली नदीमा हाम फालेर स्वास्थ्यकर्मी बेपत्ता

फाइल तस्बिर

सिमकोट-चंखेली गाउँपालिकाको सलिसल्लामा कर्णाली नदी र दर्बी खोलाको दोभानमा हाम फालेर एक जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्।

चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट सलिसल्ला आएका अहेब लाल बहादुर शाहीले नदीमा हाम फालेर बेपत्ता भएका हुन।

सलीसल्लामा बिहान साथीसंग आएका बेला पानी पिउन जान्छु भनेर निस्केका स्वास्थ्यकर्मी शाहीले सिधै नदीमा हाम फालेको प्रत्यक्षदर्सी प्रेम शाहीले बताए। स्वास्थ्यकर्मी शाहीले हाम फाले प्रहरी चौकी सर्केगार्डले जनाएको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताए।

उनका अनुसार केही दिन अगाडी सिमकोट आएर फर्किएका स्वास्थ्यकर्मी शाहीको प्रहरी, गाउँपालिकाका कर्मचारी र स्थानीय जनताहरुले बेपत्ता भएका स्वास्थ्यकर्मी शाहीको खोजी कार्य जारि राखिएको छ। बेपत्ता शाहीका एक जना छोरा, दुई छोरी र एक श्रीमती छन्।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्