महाशाखाले गोली हानेका साजनको एक्सक्लुसिभ फोटो: भीमफेदी कारागारका पूर्व चौकीदार, बाहिर बसेरै जेलभित्र असुली

काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित गुन्डा नाइके समिरमान सिंह बस्नेतका पूर्व सहयोगी साजन गुरुङलाई गोली हानी नियन्त्रणमा लिएको छ। काठमाडौंको गोलढुंगामा गुरुङ भाग्न खोज्दा गोली हानी नियन्त्रणमा लिएको महाशाखाका एक अधिकारीले जानकारी दिए।

धादिङका ३३ वर्षीय गुरुङ भीमफेदी कारागारमा दुई वर्ष चौकीदार (कैदीबन्दीको प्रमुख)भएर गत वर्षको असारमा छुटेका थिए। कर्तव्य ज्यान मुद्धामा जिल्लाबाट कैद सजाय पाएका गुरुङ पछि पुनरावेदन अदालतबाट सफाई पाएर छुटेका थिए। उनीविरुद्धोको मुद्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

विज्ञापन

‘उनले अहिले पनि भीमफेदी कारागार भित्र चौकीदारलाई थर्काएर मासिक रकम लिने गरेको बुझिएको छ’, एक अधिकारीले भने। समिरमान सिंह बस्नेत र कुमार घैटैँ सँगै भएका बेला साजन समूहको महत्वपुर्ण सदस्य रहेको बताइएको छ।

त्यतिबेला उनिसहितको समूह वर्तमान  प्रहरी प्रमुख तथा तत्कालिन महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारीलाई ज्यान मार्ने धम्की दिँदै हिँड्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्