आज पनि भारी वर्षा हुने मौसमविदको अनुमान, कहाँ कहाँ?

फाइल।

काठमाडौँ -मुलुकभर शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आज रातीको मौसम पनि दिउँसोको जस्तै रहने अनुमान मौसमविदले गरेका छन् ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्