वीरगञ्जमा खुल्यो रोजगार पसल

रोजगार पसलको उद्घाटन गर्दै मुख्यमन्त्री लाल बाबु राउत

काठमाडौँ – वीरगञ्जमा शुक्रबारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पुर्याई रोजगार प्रदान गर्ने उद्देश्यले रोजगार पसल खुलेको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउतले शुक्रबार आयोजित एक समारोहकाबीच रोजगार पसलको रिबन काटेर उद्घाटन गरे ।

उनले प्रदेश न २ का होटेल, कल कारखाना, उद्योग, अस्पताल, विद्यालय लगायत अनेकौँ प्रकारका व्यापारिक संघ संस्थाहरु खुलेको बताउँदै त्यहाँ आवश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पुर्याउनका लागि मद्दत गर्ने बताए ।

रोजगार पसलका म्यानिजिङ्ग डाईरेक्टर सैलेन्द्र राज गिरीले रोजगार पसलले रोजगारदाता संघ संस्था र रोजगार गर्न चाहानेको लागि पुलको काम गर्ने बताए । ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने ।

विदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्नु राम्रो हुने उनको भनाई थियो ।

सन २०१२ मा स्थापना भइ देशका काठमाडौँ, ईटहरी पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहाने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए ।

उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघसंस्थाले आवद्धता जनाएका छन् । करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनको भनाई छ ।

सीप प्रोजेक्टको प्राबिधिक सहकार्यमा वीरगञ्ज शाखा संचालनमा आएको सीप कार्यक्रमका रिजेनल म्यानेजर मोहमद्द सबिर अन्सारीले बताए ।

प्रदेश न २ का बेरोजगार व्यक्तिले वीरगंज कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने साथै आफनो सीप अनुसारको जागिर प्राप्त गर्नको लागि सक्दो प्राबिधिक सहयोग गर्ने प्रोजेक्ट म्यानेजर मनोज कुमार सुनुवारले बताए ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्