२० वर्षपछि अमेरिकामा भेटिए हराएका छोरा

जब मेरी श्रीमती घर नजिकैको सरकारी धारामा पानी ल्याउन गएकी थिइन् हाम्रो छोरा त्यहाँ खेलिरहेको थियो र एक मिनेटमै अपहरणकारीले उसलाई उठाएर लगे ।

अविनाशका बुवा नागेश्वर राव त्यो पल याद गर्दै भन्दै थिए । १८ फरवरी १९९९ मा उनका डेढ वर्षीय छोराको अपहरण भएको थियो । ‘हामीले धेरै प्रयास गर्यौँ तर छोरालाई खोज्न सकेनौँ ।’

तमिलनाडुमा चेन्नाईको पुलियाथोम्प इलाकामा नागेश्वर राव र सिवागामी बस्छन् । सुभाष उनका सबैभन्दा कान्छा छोरा थिए । नागेश्वर भन्छन्, ‘हामीले प्रहरीमा उजुरी दियौँ, छोरालाई खोज्न सकेजति प्रयास गर्यौँ कानुनी उपचारका साथै मन्दिरको चक्कर पनि धेरै लगायौँ ।’
तर प्रहरी अनुसन्धानले पनि सफलता पाएन । नागेश्वरका वकिलले २००६ मा सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको याचिका दायर गरे ।

यसैबीच  सिबिआईले पनि अपहरणमा परेका बालकबारे अनुसन्धान सुरु गर्यो । सिबिआइले मलेशियन सोशल सर्भिस नामको एक फर्ममाथि आशंका गरेको थियो । उसले केही बच्चाका बारेमा सूचना संकलन गरेको थियो जसलाई अपहरण गरेर पठाइएको थियो ।
साल २००९ मा सुभाषका विषयमा पनि सिबिआई सक्रिय भयो ।

नागेश्वर रावका वकिल मोहनवेदिवेलन भन्छन्, ‘ जब हामी सुभाषलाई खोजिरहेका थियौँ त्यही बेला अमेरिकामा रहेका एक बालक अविनाशका बारेमा हामीलाई थाहा भयो । एक पत्रकार स्र्काट कार्नेको सहयोगमा हामीले अमेरिकी मिडियामा एक कहानी प्रकाशित गर्नै प्रयास गर्यौँ र उनलाई अविनाशको परिवारसँग कुराकानी गर्न आग्रह गर्यौँ । ’

वास्तवमा चेन्नाईबाट अपहरणमा परेका सुभाषलाई मलेशियन सोशल सर्भिस फर्मलाई दिइएको थियो पछि एक अमेरिकी दम्पत्तिले सुभाषलाई अपनाएका थिए र उनको नाम अविनाश राखेका थिए ।

वकिल भन्छन् ‘जब हामीले डिएन टेष्टका बारेमा अमेरिकी दम्पत्तिसँग सम्पर्क गर्यौँ उनीहरुका तर्फबाट कुनै जवाफ आएन। ’
त्यसपछि इन्टरपोलको सहयोगमा बच्चाको रगतको नमूना संकलन गर्यौँ र चेन्नाईमा त्यसको परीक्षण गर्यौँ । परीक्षणमा बच्चा र परिवारका बीच डिएनए मिल्यो ।

नागेश्वर राव भन्छन् ‘ यो साबित भए पनि हामीलाई आफ्नो बच्चा फिर्ता ल्याउन सक्ने हिम्मत थिएन । उसलाई राखेको परिवारसँग झगडा गरेर फिर्ता ल्याउने काम पनि गर्नु भएन किनभने उनीहरुले सुभाषलाई धेरै माया गरेर पालन पोषण गरेका थिए । हामीले प्रतिक्षा गर्यौँ कि उनीहरु आफै बच्चालाई यसबारेमा बताउनेछन् र बच्चाले हामीसँग भेट्ने फैसला लिन सक्नेछ ।

अविनाशको अमेरिकी जिन्दगी

अविनाश अमेरिकामा आफ्नो परिवारका साथ तीन भाई र बहिनीकासाथ बसिरहेका थिए । १३ वर्षको उमेरमा उनलाई भरातमा रहेका असली बावुआमाको बारेमा थाहा भयो ।

उनी भन्छन्, ‘ यस्तो सूचनाका लागि त्यो धेरै नाजुक उमेर थियो । मैले केही गरेनँ, जुन सूचना म कहाँ आउथ्यो त्यसलाई म हेरेर मात्रै बस्थेँ ।’
चार–पाँच वर्षपछि अविनाशले भारतमा रहेका आफ्नो बुवा आमासँग भेट्ने फैशला गरे ।

अविनास भन्छन्, ‘जब मैले अमेरिकामा आफ्नो परिवारलाई यसबारे बताए उनीहरुले मलाई पूरा सहारा दिए । ८ सेप्टेम्बर २०१९ मा नागेश्वर रावको परिवार २० वर्षपछि आफ्नो छोरासँग भेट गरिरहेका थिए ।

राव भन्छन् ‘चेन्नाईमा जुन–जुन ठाउँ उसले घुम्न चाह्यो हामीले सबै ठाउँ घुमायौँ । उसले जे जे खाने इच्छा देखायो हामीले उसलाई खुवायौँ अनि जहाँ जान चाह्यो हामीले लगेर गयौँ ।’

अर्काे तिर अविनाषकाे भनाई छ कि यो भेटघाटले उनलाई शान्ति दियो । उनी भन्छन् ‘आफ्नो वास्तविक आमाबुवालाई भेट्न पाउनु, उनको शहर घुम्न पाउनु, म कहाँबाट आएको हुँ भन्ने थाहा भयो यो कुराले मेरो मनमा शान्ति पैदा भयो ।’

आफ्नो परिवारसँग केही समय बिताएका अविनाष अब फेरि अमेरिका फर्किँदैछन् । नागेश्वर भन्छन् ‘ आफ्नो हराएको छोरा पाएर उनकी आमा धेरै खुशी छिन् । उनी फिर्ता जाने कुराले दुःखी पनि छिन् साथै छोरालाई सम्झाइ पनि रहेकी छन् कि अमेरिकामा पनि उसको परिवार छ ।’

भाषाको कठिनाई

भेटघाट भन्दा पहिले अविनाश आफ्नो परिवारका वकिलको सम्पर्कमा थिए । यो भेटघाटमा उनले भाषाको कठिनाई भोग्नु पर्यो ।
अविनाश तमिल भाषा जान्दैनन् र उनको परिवारले अंग्रेजी जान्द्यैनन् । यो अवस्थामा दुवैपक्षबीच भाषा अनुवादको काम तीनै वकिलले गरेका थिए ।

वकिल मोहनवेदिवेलन भन्छन् ‘ जब दुवै पक्ष भेटिए , उनीहरुलाई कुराकानी गर्न गाह्रो भयो । आमाले छोरालाई अंकमाल गरेर रुन थालिन् । भाषागत कुरामा अनुवाद गरेर मैले सहयोग गरेँ तर त्यो पल भाषाले भन्दा पनि धेरै भावनात्मक पक्षले बलियो थियो ।’

बिबिसी हिन्दीको सहयोगमा

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्