आइजी नोबेल पुरस्कार

पुरुषका दुई अण्डकोषमध्ये कुन बढी तातो हुन्छ ?

पुरुषको अण्डकोष (टेस्टिकल्स) मा रहेका दुई अण्डकोष बिचको तापक्रममा हुने भिन्नता बारे गरिएको अनुसन्धानले यो वर्षको स्पूफ (व्यंग्यात्मक) आइजी नोबल प्राइज जितेको छ ।

फर्टिलिटी विज्ञ रोजर मियुसेट र बोउरस बेनगुडिफाले अण्डकोषका दुई अण्डकोषको तापक्रममा हुने भिन्नताबारे अनुसन्धान गरेका हुन् ।

उनीहरुले यसका लागि ११ फ्रान्सेली हल्कारा (हुलाकी अर्थात पोस्टम्यान) टेस्टिकल्सको अध्ययन गरेका थिए । ती हल्काराहरुको टेस्टिकलको तापक्रम बारे लुगा लगाएको र नलगाएको अवस्थामा अध्ययन गरिएको थियो ।

अनुसन्धानबाट यो पत्ता लाग्यो कि कपडा लगाएको अवस्थामा बायाँ टेस्टिकल दायाँको तुलनामा तातो पाइयो । यहि विषयमा गरेको अनुसन्धानका लागि यो वर्षको आइजी नोबल प्राइज दिइएको हो । आइजी नोबल प्राइजको घोषणा हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रम गरिएको हो ।

‘थर्मल एम्नेस्टी अफ द ह्युमन स्क्रोटम’ नाम गरेको अनुसन्धान ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित भएको छ । यस अनुसन्धानमा स्क्रोटम (टेस्टिकल बाहिरको छाला) को तापक्रम हरेक दुई मिनेटको फरकमा नापिएको छ ।

हरेक पोस्टम्यानको टेस्टिकलको तापक्रम अध्ययनका लागि ९० मिनेट लगाइएको थियो । अर्को अध्ययनमा उनीहरुले ११ जना ड्राइभर बसेका बेला उनीहरुको टेस्टिकलको तापक्रममा हुने भिन्नता हेरेका थिए ।

आइजी नोबल प्राइज व्यंग्यात्मक रुपमा प्रदान गरिने पुरस्कार हो । यसमा नियमित भन्दा भिन्न अर्थात अड विषयमा गरिएका अनुसन्धानलाई पुरस्कृत गरिन्छ । तर त्यस्ता अनुसन्धानको गम्भीरता भने हुन्छ ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्