दाङमा डेंगुविरुद्ध सचेतना

दाङ – लमही अस्पतालले डेंगु विरद्ध सचेतना अभियान सञ्चालन गरेको छ । गाउँ केन्द्रित अभियान सञ्चालन गरेर डेंगु बारे सचेत पारिएको लमही अस्पतालका अहेब रुपलाल पाण्डेले बताए ।

उनका अनुसार बजार र गाउँमा डेंगु विरुद्ध सचेतना अभियान थालिएको हो । डेंगु बाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, सरसफाइ गर्नु पर्नेमा जोड दिइएको छ ।

‘यो अभियानलाई गाउँमा लग्नु पर्छ’ स्थानीय सुमन कालाथोकीले भने, ‘डेंगुबाट बच्न हामीले पनि ध्यान दिनुपर्छ ।’

जनस्तरबाट डेंगुबाट जोगिन पानी जमेका खाडलहरु पुरेर, सरसफाइ गरेर, सचेतना अभियान सञ्चालन गर्न सकिनेमा जोड दिइएको छ । डंगुका कारण दाङमा अहिले सम्म एक जनाको मृत्यु भएको छ भने ४७ जना बिरामी परेका छन् ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्