जलवायु परिवर्तन

इलेक्ट्रिकल इन्डस्ट्रीका कारण तीव्र रुपमा बढेको छ विश्वव्यापी तापमान

विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिमा इलेक्ट्रिकल इन्डस्ट्री (विद्युत वा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग) को भूमिका अधिक रहेको देखिएको छ । पछिल्ला वर्षहरुमा ग्रीनहाउस ग्यासको उत्सर्जन तीव्र गतिमा बढी रहेको छ र यसमा मानवीय गतिविधि प्रमुख कारक रहेको छ ।

इलेक्ट्रिकल इन्डस्ट्रीले सर्ट सर्किट र दुर्घटना रोक्नका लागि इलेक्ट्रिकल इन्डस्ट्रीमा बृहत रुपमा सल्फर हेक्साफ्लोराइड वा एसएफ ६ को प्रयोग हुने गरेको छ ।

तर यसरी प्रयोग भएको सल्फर हेक्साफ्लोराइड चुहावट हुने गरेको र त्यसका कारण तापमान वृद्धि गर्ने ग्रीनहाउस ग्यास अधिकमात्रामा उत्सर्जन भएको छ ।

बेलायत र समग्र युरोपियन युनियनमा सन् २०१७ मा प्रयोग भएको सल्फर हेक्साफ्लोराइड र त्यसबाट चुहावट भएको ग्यासका कारण जलवायुमा हुने प्रभाव १३ लाख कार थपिँदा हुने प्रभाव जत्तिकै रहेको बिबिसीले उल्लेख गरेको छ । इलेक्ट्रिकल इन्डस्ट्रीले प्रयोग गर्ने सल्फर हेक्साफ्लोराइडका कारण ग्रीनहाउस ग्यासको मात्रा निरन्तर बढाइरहेको छ ।

सस्तो र आगो नलाग्ने एसएफ ६ रंग बिहीन, गन्ध बिहीन, सेन्थेटिक ग्यास हो । यसले प्रयोग भएका माध्यम तथा हाइ–भोल्टेज इलेक्ट्रिकल इन्स्टलेसनमा बृहत रुपमा प्रभावकारी इन्सुलेटिङ्ग सामग्री बनाउँछ । यसको प्रयोग ठूला उर्जा केन्द्र तथा हावाबाट चल्ने टर्वाइनदेखि इलेक्ट्रिकल सब–स्टेसनसम्म ठूलो मात्रामा भइरहेको छ ।

यसले विद्युतीय दुर्घटना र आगलागी हुनबाट रोक्ने गरेको छ । तर यसको प्रयोग विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका लागि मुख्य कारक बन्ने देखिएको छ । यो ग्यास कार्बन डाअक्साइड भन्दा २३ हजार ५०० गुणा तातो हुन्छ ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्