निन्द्रामा हिँड्छिन् अभिनेत्री इलियाना डिक्रुज, बिहान खुट्टामा हुन्छ घाउ

अभिनेत्री इलियाना डिक्रुज आफ्नो ट्वीटको कारण चर्चामा छिन्। उनले यो ट्वीटमा आफूमा निन्द्रामा हिँड्ने बानी भएको बताएकी छन्। यसका कारण उनको खुट्टामा घाउ पनि लागेको हुन्छ।

इलियानाले शनिबार ट्वीटमा लेखेकी छन्, ‘म यो कुरालाई मान्छु कि मलाई निन्द्रामा हिँड्ने बानी छ। शायद यसकै कारणले होला, बिहान उठ्दा मेरो खुट्टा सुन्निएका हुन्छन्। यसलाई बुझ्ने केही अरु विकल्प छैनन्।’

विज्ञापन

उनी यो बानीले अलिकति चिन्तित देखिएका छन्। यो पोस्ट पढेपछि उनका फ्यानहरु पनि चिन्तित भएका छन्। उनलाई फ्यानले भिडियो क्यामरा राख्न सुझाएका छन्।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्