अनुसन्धानबाट पत्ता लाग्यो- अब ग्रीन हाउस ग्यासबाटै बिजुली बल्छ

काठमाडौं-अमेरिकाको टेक्सास राज्यको राइस युनिभर्सिटिले ग्रीन हाउस ग्यास कम गर्ने दिशामा एउटा ठूलो खोज गरेको छ। यसले ग्रीन हाउस ग्यासलाई पुन: प्रयोग गरेर तरल इन्धन बनाउने कार्यमा सफलता पाएको छ।यसका लागि यसमा प्रयोग हुने इलेक्ट्रोलाइजर वैकल्पिक उर्जाद्वारा सञ्‍चालन हुनेछ।

युनिभर्सिटीले विकास गरेको क्याटेलिक रियाक्टरले कार्बनडाई अक्साइडको प्रयोग गरेर त्यसलाई अझ शुद्ध तथा फार्मिक एसिडमा बदल्नेछ। राइस युनिभर्सिटीका केमिकल तथा बायोमलिक्युलर इंजीनियर हाओटिआन वांगले बताए कि अहिलेसम्म फार्मिक एसिड जसरी बनाइन्थ्यो त्यसमा यसलाई सफा गर्न धेरै महंगो तथा अत्यधिक ऊर्जा खपत हुने तरिकाको प्रयोग हुन्थ्यो।

अब भने कार्बन डाई अक्साइडलाई शुद्ध तथा गाढा फार्मिक एसिडमा रुपान्तरणले यसको व्यावसायिक प्रयोगलाई पनि प्रोत्साहन मिल्नेछ। वाङग तथा उनको समूह ग्रीन हाउस ग्यासलाई उपयोगी चीजमा रुपान्तरण गर्नका लागि लामो समयदेखि काम गर्दै आइरहेका छन्।

वाङगका अनुसार फार्मिक एसिडलाई ईन्धनको रुपमा प्रयोग गरेर बिजुली पैदा गर्न सकिन्छ । यसबाट उत्पन्न हुने कार्बन डाई अक्साइडलाई फेरि रिसाइकल गरेर फार्मिक एसिड बनाउन सकिन्छ।

फार्मिक एसिडको प्रयोग केमिकल इंडस्ट्रीमा अन्य केमिकलका लागि फीडस्टकका रुपमा पनि हुने गर्छ । साथै यसको प्रयोग हाइड्रोजनका लागि स्टोरेज मेटेरियलका रुपमा पनि हुने गर्छ।

यसमा हाइड्रोजनलाई भण्डारण गरेर थोरै मात्राले पनि अधिक ऊर्जा हासिल गर्न सकिन्छ। फार्मिक एसिडमा भण्डारण गरेको एक घनमीटर हाइड्रोजनले यति नै मात्राको सामान्य हाइड्रोजन भन्दा एक हजार गुना अधिक ऊर्जा दिने गर्छ। हाइड्रोजनलाई कंप्रेस गर्नु एकदमै मुश्किल हुन्छ तर, यो तरिकाको प्रयोगले हाइड्रोजनबाट धेरै ऊर्जा प्राप्त गर्न सकिन्छ।

यसको प्रयोग हाइड्रोजनबाट चल्ने गाडीमा हुनसक्छ। वांग तथा उनको टीमले लगातार १०० घंटा सम्म नयाँ रियाक्टरबाट फार्मिक एसिड बनाएका छन्। यसबाट रियाक्टरमा पनि केही नोक्सान भएको छैन। वाङ्गले भने यदि यसबाट ग्रीन इनर्जी प्राप्त भैरहेका खण्डमा उनी वातावरणमा केही पनि नजाने गरेर यस्तो रियाक्टरबाट यस प्रकारको चक्र नै स्थापित गर्नेछन्।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्