‘काठमाडौँबाट धनगढी पुग्ने भाडाले मलेसिया नै पुगिन्छ’

पर्यटनका लागि सुदूरपश्चिम प्रदेशमा आउने पर्यटकको लागि हवाई भाडा संयोजन गर्ने पक्षमा सरकार रहेको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताएका छन्।

कैलालीको टीकापुरमा शनिबार देखी सुरु भएको डल्फिन महोत्सव बोल्दै मन्त्री भट्टराईले भारतीय र नेपाली नागरिक बाहेक अन्य कुनै पनि देशका पर्यटकहरुले हवाई सेवा प्रयोग गर्दा आन्तरीक वायुसेवा कम्पनीहरूले महँगो हवाई भाडा लिने गरेकोले सुदूर पश्चिममा पर्यटकको संख्या कम भएको उनले बताए।

विज्ञापन

तर नीजि विमान कम्पनीहरु भने महंगो हवाई भाडा परिमार्जन गर्ने पक्षमा नरहेको समेत मन्त्री भट्टराईले जानकारी दिए । काठमाडौँबाट धनगढी आउने हवाई भाडाले मलेसिया, सिङगापुर पुग्न सकिने भएकोले सुदूरपश्चिम विदेशी पर्यटकको रोजाईमा नरहेको समेत उनको भनाई छ । ‘सुदूरपश्चि प्रदेश प्रर्यटकिय स्थलले भरिपूर्ण क्षेत्र हो’ उनले भने–‘तर केही समस्याका कारण यस क्षेत्रमा प्रयटक आउन सकिरहेका छैनन्, सरकारले ती समस्या समाधानका लागि छलफल गरिरहेको छ ।’

कैलाली होटेल व्यवसायी संघको आयोजनामा संचालन भएको महोत्सब तीन दिनसम्म चल्ने छ । वर्षायाममा कर्णाली नदीमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रचार–प्रचारका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

महोत्सवका क्रममा आगन्तुक लाई नदीमा र्‍याफ्टिङ गराएर डल्फिन देखाइने उनले बताए । महोत्सव मार्फत डल्फिन संरक्षण र प्रचार–प्रसारका लागि राज्यको ध्यानाकर्षण गराउन खोजिएको आयोजकको भनाई छ ।

महोत्सबको उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले डल्फिन महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई ठुलो सहयोग पुग्ने र यो महोत्सवले कर्णालीको विकास र डल्फिन हेर्ने आउने पर्यटकको संख्यामा वृद्धि हुनेमा आफु विश्वस्त रहेको बताए ।

विसं २०५८ मा पहिलोपटक कर्णाली र त्यसका सहायक नदीहरूमा डल्फिन रहेको प्रमाणित भए पनि यसको संरक्षणमा सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्ने गरेका छन्। महोत्सवको तयारीदेखि नै पर्यटकलाई सजिलो होस् भनेर डल्फिन होमस्टे सञ्चालनमा ल्याइएको छ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू