निक जोनसले ‘द स्काई इज पिंक’ को तारिफ गर्दा प्रियंकाको यस्तो प्रतिक्रिया

अभिनेत्री प्रियंका चोपडा हिजोआज आफ्नो चलचित्र ‘द स्काई इज पिंक’ को कारण चर्चामा छिन्। केही दिन अगाडि मात्र ‘टोरोन्टो चलचित्र महोत्सव’ मा यो चलचित्रको स्क्रिनिङ गरिएको थियो। प्रियंकाका श्रीमान् निक जोनसले श्रीमति लगायत सम्पूर्ण चलचित्र टोलीलाई शुभकामना दिएका छन्। श्रीमानको शुभकामनामा श्रीमतिको प्रतिक्रिया पनि आएको छ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा प्रियंका, सोनाली बो र फरहान अख्तर लगायत टोलीको तस्बिर सार्वजनिक गरेका थिए। उनले लेखेका थिए, ‘प्रियंका चोपडा र स्काई इज पिंकको सम्पूर्ण टोलीलाई बधाई छ। यो धेरै नै बलियो कथा भएको चलचित्र छ।’ प्रियंकाले पनि समय खेर नफाली प्रतिक्रिया जनाएकी छन्, ‘थ्याङ्क यू बेबी’

विज्ञापन

तर उनी टूरमा भएको कारणले चलचित्रको प्रिमियर शेमा भने पुग्न सकेनन्। त्यसैले उनले सामाजिक सञ्जालको माध्यमबाट प्रियंकालाई शुभकामना दिएका छन्।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्