टुक्राटुक्रा अवस्थामा फेला परेका शव मध्ये ४४ जनाको पहिचान

मेक्सिकोमा फरेन्सिक वैज्ञानिकले हलिस्को राज्यको कुवामा गाडिएका ४४ जनाको शव पहिचान गर्न सफल भएका छन् । गुआडालाहारा शहरको बाहिरी क्षेत्रमा ११९ वटा कालो झोलामा मानव अवशेष फेला परेपछि शव पहिचामनको प्रक्रिया सुरु भएको थियो ।

सेप्टेम्बरको सुरुमा स्थानीय बासिन्दाले गन्ध आएको भन्दै गुनासो गरेपछि मानव अंगका अवशेष फेला परेका थिए । त्यसपछि शव पहिचानको प्रक्रियामा फरेन्सिक वैज्ञानिक लागि परेका थिए ।

मेक्सिकोमा लागुऔषध ग्याङ्गहरुको चरम बिगबिगी रहेको राज्यमा पर्छ हलिस्को । हलिस्को राज्यमा यो वर्ष मानव शव फेला परेको यो दोस्रो ठूलो घटना हो ।

फेला परेका शवहरु टुक्राटुक्रा पारिएको छ । शव पहिचानका अधिकारीहरुले शरीरका टुक्राहरु जोडेका थिए । अझै केही अंगहरु पहिचान हुन सकेको छैन ।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्