‘अन्धाधुन’बाट नेशनल अवार्ड जितेका आयुष्मानको ‘ड्रिम गर्ल’को व्यापार आक्रामक

एजेन्सी– चलचित्र अन्धाधुनमा गरेको उत्कृष्ट अभिनयका लागि ‘नेशनल अवार्ड’ जितेका अभिनेता आयुष्मान खुरानाको अर्को चलचित्र ‘ड्रिम गर्ल’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा २६‍.४७ करोडको व्यापार गरेको छ। पहिलो दिन शुक्रबार १०.०५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६.४२ को व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

विज्ञापन


तरणले चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन ६३.३८ प्रतिशतले बढेको बताएका छन्। चलचित्रको व्यापार तेस्रो दिन अझै बढ्नसक्ने तरणकाे भनाई छ।

राम्रो ‘माउथ पब्लिसिटी’ का कारण चलचित्रको व्यापारमा सहयोग पुगेको बताइएको छ। चलचित्र विश्लेषकहरुले पनि चलचित्रको प्रशंसा गरेका छन्।

राज शाडिल्यको निर्देशनमा बनेको चलचित्रमा आयुष्मानसहित नुशरत भरुचा, अन्नु कपुर, अभिषेक बनर्जी र विजयराज लगायतको मुख्य अभिनय रहेको छ।

चलचित्रमा केटीको आवाजमा कुरा गर्ने एक युवाको कथा देखाइएको छ।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्