ज्ञानेन्द्र प्रकरणमा प्रहरी भन्छ : ठुलो दुर्घटना टर्‍यो

पुल्चोकमा आयोजित कार्यक्रमका क्रममा ज्ञानेन्द्र शाही (रातो टिसर्ट)।

काठमाडौं : भष्ट्रचारविरुद्धको अभियानका ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री योगेश भट्टराईले आफुलाई पिट्न गुन्डा पठाएको आरोप लगाएका छन्। ललितपुरमा आइतबार अपरान्ह आयोजित पत्रकार सम्मेलनकै विचबाट प्रहरीले उद्धार गरेका शाहीले  आफु प्रहरीकै कारण सुरक्षित हुन सकेको बताए।

शनिबार साँझ नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण एक घन्टा विमान उड्न ढिलो भएपछि शाहीले बुद्ध एयरभित्रै मन्त्री भट्टराईविरुद्ध दुर्व्यवहार गरेका थिए। यसै विषयमा शाहीले ललितपुरको पुल्चोकमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै थिए।

विज्ञापन

‘पत्रकार सम्मेलनमा ममाथी एक्कासी आक्रमणको प्रयाश भयो। धन्न बाचियो’, ललिपुर प्रहरी परिसरमा शाहीले भने। प्रहरीले भने शाहीको कार्यक्रमबारे सुरक्षा निकायलाई कुनै जानकारी नभएको जनाएको छ।

‘हामीलाई यस कार्यक्रमबारे कुनै जानकारी थिएन। होहल्ला हुन थालेपछि हामी त्यहाँ पुग्यौँ। ठुलो दुर्घटना हुन सक्थ्यो’, परिसरका एक अधिकारीले भने।

शाहीले आकस्मिकरुपमा कार्यक्रम गर्नु परेकाले जानकारी गराउन नभ्याइएको बताए। ‘हामी असम्बन्धित कोहि पनि नछिरुन् भन्नेमा सचेत थियौँ तर कतिबेला प्रवेश गरेछन्’, शाही भन्छन्। प्रहरीले स्वास्थ्य जाँच गरि आइतबार नै शाहीलाई छाडेको छ। शाहीले आफुलाई टाउकोलगायत शरिरका विभिन्न भागकमा प्रहार भएको र चस्मा फुटेको बताए।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू