राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा देशकै उच्च हिमाली बस्तीमा

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली बस्ती डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडा नं.१ धो मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औँ शाखा कार्यालयको उदघाट्न गरेका हुन् । उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरी बित्तिय पहुँच पुर्याएकोमा बैंकको थप प्रगतिका लागि शुभकामना व्यक्त गरे

यसैबिच डोल्पाको छार्काताङ्गसोङ्ग गाउँपालिका वडा न. ४ स्थित २३७ औँ शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्