पर्यटन मन्त्रीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

पुल्चोकमा आयोजित कार्यक्रमका क्रममा ज्ञानेन्द्र शाही (रातो टिसर्ट)।

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् ।

गएको शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले पर्यटन मन्त्रीलाई विमान होल्ड गराएकोमा जवाफ मागेको भिडियो सार्वजनिक भएको थियो ।

विज्ञापन

विमानमा मन्त्रीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले उनलाई आइतबार हिरासतमा लिएको थियो । उनलाई सोमबार बिहान छोडिएको र मुद्दा नचलाइएको ललितपुर प्रहरी परिषरले जनाएको छ ।

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू