सिरहामा पाँच जना जुवाडे पक्राउ, सवा दुई लाख रुपैयाँ बरामद

फाइल तस्बिर

जनकपुरधाम – सिरहामा ५ जना जुवाडे जुवा खेलिरहेको अवस्थामा होटलबाट पक्राउ परेका छन् ।

आइतवार राति १० बजेको समयमा सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित बिबेक सप्लायर्र्स कोल्ड स्टोर्स एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटेको गस्ती टोलीले ५ जनालाई दुई लाख २१ हजार रुपैयाँसहित पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक अपिल राज बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा सिरहा जिल्लाका सुखिपुर नगरपालिका वडा नं. ८ का ४० वर्षीय रंजित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय राम किशुन महतो र ४० वर्षीय रामबिलास मुखिया रहेका छन् ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्