जलाउदै गरिएको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ

सांकेतिक तस्बिर

पर्सा- बाराको पचरौता नगरपालिकामा शंकास्पद रुपमा एक महिलाको शब जलाउदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिइएको छ।

पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली टोलका बच्चु साह तेलीकी श्रमिती ४५ बर्षिय रामरती देबीको शब प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार राति करिब २ बजेको समयमा शंकास्पद शव जलाइरहेको भन्‍ने खबर प्राप्त हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शब नियन्त्रणमा लिएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

महिलाको शबलाइ गाउको सम्सानघाट भन्दा अन्यत्रै जलाईरहेको अवस्थामा शँका लागेर शव नियन्त्रणमा लिइएको राठौरले बताए।

जलेको अवस्थामा महिलाको शब नियन्त्रणमा लिएको हौ,राठौरले भने, ‘महिलाको शबलाइ गाउको सम्सानघाट भन्दा अन्यत्रै जलाउदै थिए शँका लागेर नियन्त्रणमा लिएका हौ।

’शव जलाउन आएका मध्ये महिलाको श्रमिानलाई पनि प्रहरीले पक्राउ गरेको छ।महिलाको शब करिब ७५ प्रतिशतसम्म जलिसकेको अवस्थामा पोष्टमार्टमको लागि पठाइएको अस्पतालमा पठाइएको छ।

पोष्टमार्टम रिपोर्ट आएपछि महिलाको कालगतिले मृत्यु भएको हो कि हत्या गरिएको हो भन्ने कुरा खुल्ने प्रहरी नायब उपरिक्षक राठोरले जानकारी दिए।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्