कार्यक्रम खुला दिशामुक्त, चर्पी ह्वाङ्गै (तस्बिरहरु)

खुला दिशामुक्त कार्यक्रम आयोजनास्थलको ह्वाङ्गै चर्पी। तस्बिर: सुजाता खत्री

जनकपुरधाम- धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमकै आडमा चर्पी भने ह्वाङ्गै देखियो। सोमबार जनकपुरमा धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम जिल्ला समन्वय समितिको हलमा भइरहँदा कार्यक्रमस्थलकै छेउमा खुला चर्पी थियो।

जिल्ला समन्वय समितिको चर्पीमा ढोका नहुँदा यसले खुला दिशामुक्त कार्यक्रमलाई नै उपहास गरिरहेजस्तो भएको थियो। कार्यक्रमस्थलका अन्य चर्पी पनि फोहोर र प्रयोग गर्नै दिगमिग लाग्ने खालका थिए।

विज्ञापन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत उपस्थित भएर सोमबार दिउँसो धनुषा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो। कार्यक्रममा प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव पनि उपस्थित थिए।

कार्यक्रममा उपस्थित देशसञ्चार संवाददाता सुजाता खत्रीका केही तस्बिरहरु:


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्